बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नौनियाको भित्री सडकमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

__________ विज्ञापन____________

जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार मोहन्याल गाउँपालिका १ मा बस्ने २६ वर्षीय लक्ष्मण घर्ती मगरले चलाएको से २ त ११८५ नम्बरको ट्याक्टर ले पैदल हिँडिरहेकी बर्दगोरिया ४ अन्दाजी ४० वर्षीया दीपा न्यौपानेलाई ठक्कर दिएको थियो।

__________ विज्ञापन____________

दुर्घटनामा गम्भीर घाइते भएकी न्यौपानेलाई उपचारका लागि दोदोधारा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ।

__________ विज्ञापन____________

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

एनएमबि लघुवित्त वित्तीय संस्था लि.द्धारा सहाराघरलाई खाद्यन्न सहयोग