एनएमबि लघुवित्त वित्तीय संस्था लि.द्धारा सहाराघरलाई खाद्यन्न सहयोग

कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरलाई पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लि. को १३ औं बर्ष पुरा गरि १४ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा खाद्य सामाग्री हस्तान्तरण गरेको छ। आईतबार एनएमबि लघुवित्तले ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगन हस्तान्तरण गरेको हो ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

लघुवित्तको सामाजिक उत्तर दायित्व अन्तर्गत धनगढी प्रादेशिक कार्यालय मार्फत उक्त खाद्य सहयोग सामाग्री हस्तान्तरण गरेको वित्तीय संस्थाको धनगढी प्रादेशिक कार्यालयका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको उनको भनाई थियो । आफूहरूले सहारा घरमा पुगेर खाद्यान्न वितरण गर्न पाउँदा निकै खुसी लागेको ठकुल्लाले बताए ।

__________ विज्ञापन____________

खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गा.पा. वडा नं. २ का वडा अध्यक्ष गोबिन्द बहादुर वि.क. ले दिन दुखी र असहायलाई सहयोग गर्नु मानवीय कार्य भएको बताए । सहारा घरका सञ्चालक विष्टले गर्दै आइरहेको कार्य एकदमै सह्रानीय र राम्रो भएको उनको भनाई थियो । असहाय असक्तहरूको जिम्मेवार राष्ट्रको भए पनि एउटा व्यक्तिले गर्नु चुनौती पूर्ण कुरा रहेको उनको भनाई छ ।

सहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर विष्टले एनएमबि लघुवित्त वित्तीय संस्थालार्ई धन्यवाद ज्ञापन गरेका छन् । यस्तै सहयोगी मनहरूले सहयोग गरेर सहारा विहीनहरूलाई सहारा दिइरहेको सञ्चालन विष्टले बताए । घर परिवारबाट अपहेलित, असहाय, घर परिवार विहीन तथा अपहेलनामा परेका सहारा विहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरूलाई सहारा दिइरहेको उनको भनाई थियो ।

कार्यक्रममा साडेपानी शाखाका शाखा प्रमुख महेश भट्ट, गोदावारी शाखाका शाखा प्रमुख मनिषा कुमारी चन्द, धनगडी शाखाका शाखा प्रमुख दुर्गा भट्ट, जोशीपुर शाखाका शाखा प्रमुख हेमा चौधरी, कर्मचारी आर्यन ताम्राकार, देवकी जोशी, कमल बहादुर धामी र सुनिल पाण्डेयकोे सहभागिता रहेको थियो । सहाराघरमा अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका छन् भने धेरै जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु