दैलेख–२ मा एमालेका लक्ष्मी प्रसाद पोखरेल भारी मतले विजयी

कमल शाही। दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै एमालेका पोखरेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

__________ विज्ञापन____________

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार दिक्पाल कुमार शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिनुभयो । एमालेका पोखरेलले ४ हजार ३ सय ३७ मतले काङ्ग्रेसका शाहीलाई पछि पार्नुभएको हो ।

__________ विज्ञापन____________

निर्वाचन अधिकृत कँडेलका अनुसार रास्वपाका बखत शाहीले ६ हजार ७ सय ९७, नेकपाका योगेन्द्र शाहीले ३ हजार ८ सय ५१, नेमकिपाका बखत थापाले १ हजार ५ सय १२, राप्रपाका बबिता शाहीले ३ सय ३७, नेकपा माओवादीका कमल सिंहले ३ सय ३७ मत र राजमोका कमल बरैमगरले १ सय १ प्राप्त गर्नुभएको छ ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु