कमल शाही। दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३ सय ७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७ सय १ मतदाता रहेका थिए ।
निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १ सय ५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २ सय ५६ मत, राप्रपाका रणबहादुर सिंहले ५ हजार ९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३ सय २ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २ सय ३५ मत, राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ ।