निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना

धनगढी : नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुगांना ले निर्वाचित भएपछि नियमित रूपमा जनतामाझ फर्किने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा जनगुनासो सुन्दै ढुगांनाले विगतमा निर्वाचित भएपछि जनतासँग सम्पर्क टुटाउने प्रवृत्तिको अन्त्य गर्ने बताएका हुन्। “जितेर गएका केही उम्मेदवार जनताका घरदैलोमा फर्केनन् भन्ने गुनासो जायज छ,” उनले भने, “म त्यस्तो परिपाटी तोड्नेछु। जनताका माग सम्बोधन गर्न सम्बन्धित निकायमा धाउनेछु, संसद चलेका बेला मात्र काठमाडौँमा रहनेछु, अन्य समय आफ्नै क्षेत्रमा रहनेछु।”

__________ विज्ञापन____________

ढुगांनाले आफू हरेक तीन महिनामा गाउँ केन्द्रित कार्यक्रम सञ्चालन गर्ने स्पष्ट पारे। “मैले गरेका काम, गर्न नसकेका काम र आगामी योजनाबारे जनतालाई प्रत्यक्ष जानकारी दिनेछु,” उनले भने, “त्यसैगरी जनताका नयाँ समस्या र सुझाव पनि सुन्नेछु।” उनका अनुसार जनप्रतिनिधि र नागरिकबीच निरन्तर संवाद भए मात्रै विकास र सुशासन सम्भव हुन्छ। त्यसका लागि नियमित सार्वजनिक प्रतिवेदन र प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरिने उनले बताए।

__________ विज्ञापन____________

ढुगांनाले संसद सञ्चालन अवधिमा मात्र काठमाडौँ बस्ने र बाँकी समय निर्वाचन क्षेत्रमा नै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। “जनताको समस्या समाधान गराउन मन्त्रालय, विभाग र सम्बन्धित निकाय धाउनेछु,” उनले भने, “तर जनताबाट टाढा हुने छैन।” पछिल्लो समय केही सांसदहरू भ्रष्टाचार प्रकरणसँग जोडिएको विषयप्रति संकेत गर्दै ढुगांनाले आफूबाट त्यस्तो कार्य कदापि नहुने दाबी गरे। “मसँग खान–लाउन पुग्ने आम्दानी छ, मलाई अरू केही चाहिँदैन। राजनीतिमा सेवा गर्न आएको हुँ,” उनले भने, “यसपटक पार्टीले अवसर दिएको छ, अब जनताबाट अनुमोदन पाए सेवामै रहनेछु।”ढुगांनाले आफूले गरेका प्रतिबद्धता पूरा गर्दै पारदर्शिता, जवाफदेहिता र विकासलाई प्राथमिकतामा राख्ने बताए। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “म जनतामाझ आइरहनेछु र सेवामा निरन्तर रहनेछु।” कैलाली क्षेत्र नम्बर ५ मा चुनावी माहोल तातेका बेला ढुगांनाको नियमित जनसंपर्क र जवाफदेहिताको प्रतिबद्धताले मतदातामाझ सकारात्मक सन्देश दिएको स्थानीयहरू बताउँछन्।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु