बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित अवैध लागूऔषध खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन्।

__________ विज्ञापन____________

मंगलबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले करिब ३३० मिलिग्राम खैरो हिरोइन सहित १८ वर्षीय दिपेश भण्डारी लाई पक्राउ गरेको हो। पक्राउ परेका भण्डारी बर्दगोरिया गाउँपालिका–१ कै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उनको साथबाट उक्त लागूऔषध बरामद गरिएको हो। घटनास्थलबाट लागूऔषधसहित एक जना व्यक्ति नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

__________ विज्ञापन____________

हाल पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई