कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इंग्लिश स्कुलको ३४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय परिवारले कार्यक्रमलाई सफल बनाउन निम्तो स्वीकार गरी सहभागी भएका सम्पूर्ण अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

नतिजा प्रकाशन कार्यक्रमसँगै उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी वर्गलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रगति गर्न प्रेरणा दिएको छ।

आजकै दिन शहीद दिवस पनि परेको अवसरमा कार्यक्रममा उपस्थित सबैले ज्ञात तथा अज्ञात सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै माया, साथ र सहयोगको अपेक्षा गरिएको जनाएको छ।


