निसर्ग हस्पिटल र किसान सहकारीबीच सम्झौता ः किसान सहकारीका शेयर सदस्यले उपचारमा छुट सुविधा पाउने

धनगढी । सुदुरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले आफ्नो शेयर सदस्यलाई छुट दिने गरि नसर्ग हस्पिटल सँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुटउपलब्ध गराउने भएको हो ।
निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्बर बहादुर शाहले मंगलबार उपचारमा छुट दिने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
निसर्ग हस्पिटल धनगढी स्थित निजी क्षेत्रबाट संचालित सुदुरपश्चिममै स्तरिय स्वास्थ्य सेवा दिइरहेको संस्था हो । २०५२ सालमा स्थापनामा भएको कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान सहकारी सुदुरपश्चिमका नौ वटा जिल्ला र बर्दियाको राजापुर न.पा.मा सेवा केन्द्र रहेको र ९३ हजार भन्दा बढी शेयर सदस्य रहेको सहकारी हो । सामाजिक सेवा अन्तर्गत निसर्ग र किसान सहकारीले स्वास्थ्य उपचारमाछुटको सम्झौता गरेका हुन् ।

__________ विज्ञापन____________


किसान सहकारीका विभागिय प्रमूख दिपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आईसियु वेडमा १२.५ प्रतिशत, एनआईसियु वेडमा १२.५ प्रतिशत छुट बताए । त्यस्तै, जर्नरल, सर्जरी, अर्थाेपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, ईसिजी ईसिएचओ, टिएमटी, ईन्डोस्कोपीमा १० र औषधि खरिदमा ५ प्रशिशत छुट पाउनेछन् ।
सहकारीले आफ्ना बिरामी शेयर सदस्यलाई उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा किसान सहकारीका महाप्रवन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए । आगामी दिनमा सदस्यलाई अन्य सेवाहरुमा छुट दिनका लागि अन्य क्षेत्रका सेवाप्रदायकहरुसँग समेत सम्झौता गर्ने संस्थाको योजना रहेको छ ।
हाल संस्थाले किसान–कोप वित्तिय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी ३ वटा व्यवसायीक सेवाहरु सदस्यलाई दिदै आएको छ । संस्थाको कुल कारोबार ७ अर्ब २० करोडको रहेको छ ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई