बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा     रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समिति आयोजना र कैलाली इभेन्ट  एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा माघी मेला सञ्चालन हुने भएको छ ।

__________ विज्ञापन____________

हमार भेष भुषा हमार पहिचान ,धर्म ओ साँस्कृती बचैना हमार अभियान  भन्ने मूल नारा सहित रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

__________ विज्ञापन____________

यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा २ वर्ष देखि मेला सञ्चालन हुँदै आएको छ ।

__________ विज्ञापन____________

यस वर्षको माघी मेला माघ २ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने आयोजक रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन  समितिका अध्यक्ष चक्र बहादुर कठरियाले बताउनु भयो ।

माघी मेलामा चर्चित थारु महालोक गायक मनिराम करियाबखरिया , चर्चित गायक   ऐ.के थारु ,  चर्चित मोडल समु चौधरी  ,मोडल रशिला कठरिया   ,मोडल पृतु चौधरी ,डन्सर  टिकटक स्टर दिपिका चौधरी (पडानी), डन्सार  अञ्जली चौधरी  , डन्सर पुष्पञ्चलि चौधरी ,डन्सर युगल जोडी रेमु र गिता , गायक अकित चौधरी गायक किसनलाल चौधरी  ,गायक भरत तम्रकार , गायक राजबन्दु चौधरीको प्रस्तुति देख्न पाइनेछ ।साँस्कृतिक संयोजक सागर चौधरीले जानकारी दिएका छन ।

यसैगरी रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेलामा स्थानीय विद्यालयका विद्यार्थीहरुको समेत प्रस्तुति रहने चौधरीले जनाएको छ । यस बर्ष मेला अवधिभर करिब १लाख भक्तजन तथा पर्यटकले अवलोकन गर्ने आश गरिएको छ ।

मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १२ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद