लम्की महोत्सवको आयव्याय : नगद ८ लाख बचत पाउन बाँकी १५ लाख

कैलालीको लम्कीचुहामा मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन भएको लम्की मोहत्सव–२०८२ को आय व्याय सार्वजनिक गरिएको छ ।
मंगलबार लम्कीस्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा लम्कीचुहा उद्योग वाणिज्य संघले महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । महोत्सवबाट संघले ६८ लाख ८८ हजार ६९० रुपैयाँ आम्दानी गरेको छ ।
यसमध्ये ४५ लाख ५७ हजार ६९० रुपैयाँ खर्च भएको छ । बाँकी २३ लाख ९ हजार रुपैयाँ मध्ये ८ लाख १ हजार रुपैयाँ बैंकमा नगद मौज्दात रहेको छ भने १५ लाख ८ हजार रुपैयाँ संघले पाउन बाँकी रहेको जानकारी दिइएको छ ।
आय व्याय लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईँले प्रस्तुत गरेका थिए ।
अध्यक्ष चौलागाईँका अनुसार लम्की महोत्सव–२०८२ बाट ६८ लाख ८८ हजार ६९० रुपैयाँको आम्दानी भएको थियो । जसमा टिकट बिक्रीबाट ३६ लाख ७३ हजार ६९० रुपैयाँ, ब्यानर प्रयोजनबाट १ लाख ७० हजार, सह प्रयोजकबाट १ लाख ८० हजार, प्रयोजकबाट २ लाख ९५ हजार, मुख्य प्रवद्र्धक÷ प्रवद्र्धकबाट ३ लाख, मुख्य प्रयोजक र प्रयोजकबाट १ लाख ५५ हजार, स्टल भाडाबाट ५ लाख, सिजनल टिकटबाट १५ हजार, रमाईलो मेलाबाट १ लाख १० हजार, थारु गाउँबाट २ लाख र फिल्ड आमदानीबाट ३ लाख गरी जम्मा ६६ लाख ८८ हजार ६९० रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै खर्चतर्फ टेन्ट साउण्डमा ४ लाख ५० हजार, आन्तरीक सुरक्षामा २ लाख ३६ हजार ३६०, कलाकार १५ लाख ६८ हजार, प्लेन टिकटमा २ लाख ६२ हजार, स्थानीय कलाकारको आवास भोजन÷बाध्यवादनमा २ लाख २३ हजार, टिकट विक्रेतालाई ६६ हजार, यातायातमा १ लाख ९८ हजार, प्रचार प्रसार तथा मिडियमा २ लाख ८८ हजार, भोजन तथा आवास २ लाख ४० हजार, छपाई÷मायाको चिनो÷प्रमाणपत्र फ्रेममा ४७ हजार ७५०, जग्गा भाडा तथा फिल्ड मर्मतमा १ हजार १० हजार १८५, विद्युत खानेपानीमा ७१ हजार ५ सय, सचिवालय कर्मचारी ९४ हजार ५ सय, झाकी÷छायांकन ८८ हजार, मसलन्द स्टेशनरीमा २६ हजार ८ सय, समान खरिद कार्यालय व्यवस्थापनमा १ लाख ६८ हजार, मञ्च तथा सचिवालय सजावटमा ४५ हजार, विद्यालय प्रतियोगितामा ६३ हजार ३ सय, खाना नास्ता सुरक्षामा ९७ हजार ६ सय १४, पत्रकार सम्मेलनमा १६ हजार ५ सय, अतिथि सत्कारमा १ लाख ८५ हजार रहेको छ भने बैंक मौज्दात ८ लाख १ हजार र पाउनु बाँकी १५ लाख ८ हजार रुपैयाँ रहेको छ भने अन्तिम विविधमा ५० हजार ६ सय ८१ रुपैयाँ रहेको अध्यक्ष चौलागाईँले जानकारी दिए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै लम्कीचुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकालले देशमा जारी विषम अवस्थामा बजारलाई थप चलायमान बनाउन र नयाँ बजारको खोजीमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यस्तै साधारण टिकटको मुल्य रु.१०० रुपैयाँ रहेको महोत्सवलाई ६० हजार दर्शकले अवलोकन गरेको जानकारी दिदै अध्यक्ष पदमराज चौलागाईँले महोत्सवलाई सफलतापूर्व सम्पन्न गर्नमा भूमिका खेल्नुभएका सबै प्रति आभार प्रकट गरेका छन् ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई