जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कैलालीको जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जानकी गाउँपालिकाका ३६ विद्यालयको सहभागितामा आइतबारदेखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

__________ विज्ञापन____________

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कैलाश चौधरीले प्रतियोगिताको उद्घाटन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको आवश्यकता रहेको बताए । साथै, प्रमुख अतिथि चौधरीले खेलकुदलाई पहिला मनोरञ्जनका रूपमा हेरिने भए पनि यसका माध्यमबाट नेतृत्व विकास पनि हुने बताउँदै खेलकुदको औचित्य प्रष्ट पारे ।

__________ विज्ञापन____________

त्यस्तै, जानकी गाउँपालिकाको ‘शिक्षा, स्वास्थ्य, कृषि र वातावरणमैत्री पूर्वाधार, पहिचानसहितको जानकी गाउँपालिका विकासको मूल आधार’ नारा अनुसार शिक्षातर्फका खेलकुद गतिविधि निरन्तर सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए । गत वर्ष आयोजित शैक्षिक मेलामा राष्ट्रिय स्तरमा खेल्ने खेलाडीलाई सम्मान गरिएको र सानैदेखि प्रतिस्पर्धाको भावना जागोस्, बालबालिकाको उन्नति र प्रगति होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चौधरीको भनाइ थियो ।

__________ विज्ञापन____________

‘सानैदेखि बालबालिकामा खेलकुदप्रति रुचि जगाउन सके भविष्यमा उनीहरू कुलतमा फस्ने जोखिम कम हुन्छ । त्यसका लागि यस्ता प्रतियोगिता निकै महत्वपूर्ण छन्,’ वडा अध्यक्ष तथा खेलकुद संयोजक कमल महत्वले बताए ।

जानकी गाउँपालिकाका ४५ विद्यालयमध्ये ३५ विद्यालयका खेलाडीहरूले भलिबल, कबड्डी, कराते र एथलेटिक्स विधामा प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र संवेदनात्मक विकासमा सहयोग पुग्छ,’ शिक्षा शाखा प्रमुख धर्मानन्द कपडीले बताए ।

उनका अनुसार मेडल र ट्रफी प्राप्त गर्दा विद्यार्थीमा राम्रो काम गरे पुरस्कृत भइन्छ भन्ने भावना विकास हुन्छ, जसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै समग्र विकासमा सकारात्मक प्रभाव पार्छ ।

जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न