साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न

कैलालीको बर्दगोरिया गाँउपालिका वडा नम्बर १ बौनिया मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न भएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

शनिबार एक कार्यक्रमका बीच साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न भएको हो ।

__________ विज्ञापन____________

संस्थाका अध्यक्ष पूर्ण बहादुर बिष्टको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि सुदूरपस्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रि रामेश्वर चौधरी रहेका थिए।

सभामा सहकारीको सफलतासँगै उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि सुदूरपस्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रि रामेश्वर चौधरी बोल्दै म कृषि मन्त्रि हुदा मैले यस संस्था लाई सहयोग गरेको हो। मैले विभिन्न कृषि यन्त्र लगायत बिउ वितरण गरेका हौ। मैले हाम्रो प्रदेशमा कुनै पनि रासायनिक मल प्रयोग नभएको तरकारी लगायत फलफुल पाउन गाह्रो छ। अहिले उखु खेति गर्नुस् हाम्रो राजापुर मा चिनी मिल बन्दै छ र त्यो उद्योग ले तपाई हरु लाई उखु बिउ दिन्छ। यो संस्था लाई अझै पनि मैले गर्ने सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउछु।

सम्पन्न सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष पूर्ण बहादुर बिष्टले गरेका थिए भने लेखा सुपरिबेक्षण समिति सदस्य तेज बहादुर बडुवाल ले सुपरिबेक्षणसमिति प्रतिबेदन प्रस्तुत गरेका थिए। यस्तै साधारण सभा को अबसरमा यस शाखाको नँया प्रशासकिय भवन को समेत उद्धाटन शिलालेख खोलेर सुदूरपस्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रि रामेश्वर चौधरी गरिएको थियो।

यस्तै संस्थाको आयव्यय बौनिया शाखा मुख्य प्रबन्धक मिना देबी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। संस्थाको वार्षिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८१\०८२ मा आइपुग्दा ५ हजार ६ सय जना शेयर सदस्य रहेकोमा जसको कुल शेयर पूँजी ३ करोड ४५ लाख ४५ हजार १ सय पुर्याउन सफल भएको छ। यस्तै शेयर सदस्य हरु को बचत १४ करोड २४ लाख ६३ हजार ७३७, जगेडा तथा अन्य कोष ११ करोड ८९ लाख २२ हजार १३ भने शेयर सदस्य हरुमा ऋण लगानी २४ करोड ८१ लाख ६५ हजार ९२४ रहेको छ।

यस्तै संस्थाको आर्थिक वर्ष ०८२ मसान्त सम्ममा ३२ करोड ८३ लाख ६३ हजार ०९८ सम्पति रहेको र ३ करोड ३७ लाख ५४ हजार बराबरको आम्दानी गरेकोमा १ करोड १७ लाख ४५ हजार १ सय ५१ रकम बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

साथै म्यादी बिमा गरेका शेयर सदस्य लानु डंगौरा थारु र लम्कीचुहा १० का दान बहादुर चन्द को मृत्यु पश्चात ३ लाख का दर ले प्रदान गरिएको छ र संस्था को बीच बिद्धि कार्यक्रम लाई प्राबिधिक सहयोग उपलब्ध गराए बाफत राम प्रसाद देबकोटा लाई कदर पत्र प्रदान गरिएको संस्था का प्रबन्धक रोज बहादुर कठायत ले जानकारी दिएका छन्।

सभाको कार्यक्रम सञ्चालन संस्थाको सञ्चालक समिति सदस्य भिम बहादुर बिष्ट ले गरेका थिए भने स्वागत मन्तव्य सञ्चालक समिति उपाध्यक्ष सीताकुमारी राज भण्डारीले गरेकी थिइन्। यस्तै सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पधाधिकारी लगायत समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान