प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारि विद्यालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ ।

__________ विज्ञापन____________

बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा सोमबार छात्र र छात्रा तर्फको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

__________ विज्ञापन____________

क्वाटरफाईनलका खेलहरु मंगलबार बाट सुरु हुनेछन । जसमा बिहान छात्रा तर्फको पहिलो खेलमा खडक मेमोरियल का विरुद्ध राष्ट्रिय माध्यामिक बिधालय देवकलिया बीचको खेल बिहान ८ बजे हुने छ , भने बिहान १० बजे छात्र तर्फको पहिलो क्वाटरफाईनल खेलमा कर्णाली माध्यामिक बिधालय सत्तीका विरुद्ध हेबन गार्डेन जोशिपुर बिच खेल हुने छ ।

__________ विज्ञापन____________

यसैगरी दिउँसो १२ बजे छात्रा तर्फको दोस्रो खेलमा बालकल्याण मा वि लम्किका बिरुद्ध बालकन्या मा वि कट्टीपुर र दिनको अन्तिम तथा छात्र तर्फको दोस्रो क्वाटर फाईनल खेलमा नोबेल का विरुद्ध आदर्श मा वि बिच खेल हुने प्रतियोगिता संयोजक प्रमोद मल्लले बताए ।

विद्यालय स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने र लागू पदार्थ दुर्ब्यसनबाट जोगाउने उदेश्य रहेको छ ।

प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए । त्यसैगरी उत्कृष्ट खेलाडी ८ हजार ५ सय ५५ , उत्कृष्ट गोल रक्षक ५ हजार, ५ सय ५५ , सर्वाधिक गोलकर्ता ५ ह्जार ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ हजार ५ सय ५५ , उत्कृष्ट मिडफिल्डर ५ हजार ५ सय ५५, उत्कृष्ट प्रशिक्षक ५ हजार ५ सय ५५ र राइजिङ प्लेयरलाई ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा कैलाली र कंचनपुरका विद्यालयहरुको सहभागिता रहेको छ । जसमा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागिता रहेको छ । बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने खेलमा दर्शकहरुको उत्कृष्ट सहभागिता हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई