कैलालीको वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा बर्दगोरिया गाउँपालिका दोस्रो

धनगढी, कैलाली —स्वास्थ्य कार्यालय धनगढी, कैलालीको आयोजनामा सम्पन्न जिल्लास्तरिय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी–२०८२ मा बर्दगोरिया गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाभर रहेका १३ स्थानीय तहमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

दुईदिने गोष्ठीको औपचारिक उद्घाटन सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रम मार्फत आर्थिक वर्ष २०८१/०८२ मा प्रत्येक स्थानीय तहले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा सूचकहरुमा हासिल गरेको प्रगति सार्वजनिक गरिएको थियो।

__________ विज्ञापन____________

मूल्यांकनका आधारमा बर्दगोरिया गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार, मातृ–शिशु स्वास्थ्य, खोप अभियान, पोषण कार्यक्रम, रोग नियन्त्रण, प्रशासनिक व्यवस्थापन लगायतका सूचकहरूमा सन्तोषजनक उपलब्धि हासिल गर्दै जिल्लाको दोस्रो उत्कृष्ट स्थानीय तह बन्न सफल भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

स्वास्थ्य क्षेत्रको समग्र सुधारमा बर्दगोरिया गाउँपालिकाले देखाएको सक्रियता र उपलब्धिलाई सराहना गर्दै आगामी दिनमा अझ परिणाममुखी कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझावसमेत दिइएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न