जेन्जी मुभमेन्टले भन्यो ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं — जेन्जी मुभमेन्ट नेपालको प्रेस वक्तव्यअनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत् खरिद सम्झौता गरिएको खुलेको छ। मुभमेन्टले यो सम्झौतालाई “राष्ट्रघाती” भन्दै त्यसमा संलग्नहरूबिरुद्ध कडा कारबाहीको माग गरेको छ।

__________ विज्ञापन____________

वक्तव्यमा भनिएको छ कि उक्त सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको र यसले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक स्वार्थमाथि गम्भीर प्रहार गरेको आरोप लगाइएको छ। मुभमेन्टले यो कार्यलाई “सिधा–सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री” भनेको छ।

__________ विज्ञापन____________

प्रेस वक्तव्यमा जेन्जी मुभमेन्टले सरकारसमक्ष चार बुँदे माग राखेको छ:

__________ विज्ञापन____________

१. ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने।

२. प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्ने।

३. विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्ने।

४. राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्ने र राज्यका सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया तुरुन्त सुरु गर्ने।

वक्तव्यका अनुसार, “जेन्जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देशलाई लुट्न उद्दत रहेको कुरा पुष्टि भएको” उल्लेख गरिएको छ र सरकारले माग पूरा नगरेमा “कठोर सङ्घर्ष”का लागि युवाहरू बाध्य हुने चेतावनी दिइएको छ।

जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको उक्त वक्तव्यमा संगठनले तत्काल सरकारबाट जिम्मेवारहरूलाई हटाएर छानबिन थाल्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान