प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

कैलालीको बर्दगोरिया गाउपालिका –५ बेलुवामा सम्पन्न चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि प्रभु महलक्ष्मी लाईफ इन्सुरेन्सले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्सले जिन्जी लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

__________ विज्ञापन____________

विजेता बनेको प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स ले २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता जिन्जी ले १२ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारमा सीमित भयो ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक महेश रावल उत्कृष्ट डिफेन्डर मनोज लामिछाने सर्वाधिक गोलकर्ता विवेक सुनार र उत्कृष्ट खेलाडी सनिश थापालाई ट्रफी सहित सम्मान गरिएको थियो ।

“लागु औषध नियन्त्रण गरौ , स्वास्थ्य भई खेल खेलौ ” भन्ने मूल नाराका साथ हरेक बर्ष झै यस बर्ष पनि सहयोगी बेलुवा युवा क्लब ले प्रतियोगिताको आयोजना गरेको हो ।

समापन समारोहका प्रमुख अतिथि बर्दगोरिया गा. पा वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम ले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वाभिमानी बनाउने बताए । हाम्रो वडा मा खेलमैदान नभए पनि हाम्रो यस वडा मा वडा स्तरीय फूटबल प्रतियोगिता र बिद्यालय स्तरीय वडा अध्यक्ष कप संचालन हुदै आएको छ। हामीले हाम्रो वडामा खेलमैदान का लागि निकै प्रयास गर्दै छौ। सायद अर्को आउने वडा स्तरीय फूटबल प्रतियोगिता खेलमैदानमा खेल्न पाउनु हुनेछ भन्ने आशा राखेका छौ। कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो ।

समापन समारोहको अध्यक्षता प्रतियोगिता का संयोजक चक्र कार्कीले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लब का अध्यक्ष महेश रावलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा छोरीकाे कुटपिटबाट बुबाको मृत्यु

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

देउवा दम्पतीलाई भेट्न राधिका शाक्य लिएर महाराजगन्ज पुगे ओली

दैलेखको पञ्चकोशी क्षेत्रको विकास र प्रचारका समितिको संयोजकमा युवा नेता योगी

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

साना किसानको २० औ साधारण सभामा भए बर्दगोरिया ५ का वडा सचिब राम प्रसाद देबकोटा लाई सम्मानित

साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न

दैलेखमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण