कैलालीको बर्दगोरिया गाउँपालिका–४, कोटागढी मैदानमा आजबाट प्रतियोगिता सुरु भएको छ।

सब्य समाज निर्माणका लागि विद्यालय तहबाट खेलाडी उत्पादन भन्ने मूल नाराका साथ भव्य उद्घाटन समारोहका बीच जे.टी. कप क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको हो ।
जगत तारा इंग्लिश बोर्डिङ स्कुल को आयोजना र बर्दगोरिया क्रिकेट एकेडेमी को सह-आयोजना मा सुरु भएको प्रतियोगिता को उद्घाटन कार्यक्रम जगत तारा इंग्लिश बोर्डिङ स्कुलका संस्थापक एकेन्द्र बहादुर मल्लको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिष्ट अतिथि पालिका उपाध्यक्ष गणेशराज गिरि रहनु भएको थियो।

प्यानसमा दीप प्रजनल र क्रिकेट पिचमा बलिङ्ग र ब्याटिङ्ग गरि कार्यक्रमको उद्धाटन बर्दगोरिया गाउँ पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ले गर्नु भएको हो।

प्रतियोगिताको उदघाटन खेलमा आयोजकलाई पराजित गर्दै क्याम्ब्रिज ङ्ग्लिश बोर्डिंङ्ग स्कूल बिजयि भएको छ । आयोजक जगततारालाई क्याम्ब्रिजले १० बिकेटले पराजित गर्दै बिजयी भएको हो ।
प्रतियोगिता का संयोजक राजेन्द्र रावल को स्वागत मन्तब्य संगै सुरु भएको उद्धाटन कार्यक्रममा अतिथिहरूमा वडा नं. २ का अध्यक्ष गोविन्द बिक र वडा नं. ३ का अध्यक्ष मनऋषि आचार्य लगायतका अतिथिहरूको उपस्थितिमा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगितामा १६ विद्यालयको सहभागी रहेको छ जसमा सहभागी विद्यालय लाई बिभिन्न ४ समुहमा बिभाजन गरिएको छ । प्रत्येक समुहबाट १ बिधालय गरि ८ सेमी फाइनल प्रबेश गर्ने छन ।
यसै गरि प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर ,उदयिमान खेलाडिका साथै म्यान अफ द सिरिजलाई पनि नगद सहित ट्रफिको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा लम्कीचुहा नगरपालिकाका ७, टीकापुर नगरपालिकाका ४, बर्दगोरिया गाउँपालिकाका ३ र धनगढी उपमहानगरपालिकाका २ विद्यालय गरी कुल १६ टोली सहभागी छन् । १० हजार पुरस्कार राशीबाट सुरु भएको प्रतियोगिताको यस छैठौँ संस्करणमा विजयी टोलीले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हात पार्नेछ ।