इन्सपेक्टर लक्ष्मी राज जोशीलाई ‘बेष्ट ट्राफिक पुलिस अफ द मन्थ’द्वारा सम्मानित तथा पुरस्कृत

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले भदौ महिनाको ‘बेष्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्डद्वारा सम्मान गरेको छ।

__________ विज्ञापन____________

निरीक्षक जोशीले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनअनुसार इमानदार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित तथा लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। विशेषगरी हालैको जेन–जि आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना, सवारीसाधन तथा मातहत प्रहरीलाई सुरक्षित राख्न उहाँले देखाएको नेतृत्व र व्यवस्थापन क्षमता उल्लेखनीय रहेको बताइएको छ।

__________ विज्ञापन____________

आन्दोलन अवधिभर सम्भावित क्षति न्यूनीकरणका लागि मातहत प्रहरीलाई प्रभावकारी ढंगले परिचालन गरी महत्वपूर्ण योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै जोशीलाई नगद रु. १,३०० (अक्षरेपी तेह्र सय रुपैयाँ मात्र) सहित सम्मान गरिएको हो।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी