देश ‘डिप स्टेट’ को प्रयोगशाला बन्यो, हामीले नवयुवाको विश्वास जित्न सकेनौँ –महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भूराजनीतिक द्धन्द्धको चपेटामा परेर डिप स्टेटको प्रयोगशाला बनाइएको दावी गरेका छन् । दशैँ विदा शुरु भएकै दिन महासचिव पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट आफूलाई जोगाउन नसकिएको स्वीकार गरेका छन् ।

__________ विज्ञापन____________

महासचिव पोखरेलले आफ्नो वक्तव्यमा भनेका छन्–हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।

__________ विज्ञापन____________

ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्कने छ र फर्काइने छ । नेकपा एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ । पोखरेलले नवयुवाको विश्वास जित्न नसकेको स्वीकार गर्दै फेरि पनि देशलाई लोकतन्त्रको बाटोमा फर्काइने विश्वास व्यक्त गरेका छन् ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ

दैलेखमा मिथेन ग्यास उत्खनन अघि बढाउन एमाले दैलेखको दबाब

नेपाली कांग्रेस परित्याग गरेका पृथ्वी विक्रम शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

चिसापानी जंगलाघाट–मङलसेन सडक र पुलका लागि ५४ करोड सुनिश्चित, अछाम अस्पतालका लागि ६० करोड प्रक्रिया अघि

निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

चामुण्डा प्रिमियर लिग सिजन–२ आयोजना हुने

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा