अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु ,तीन दर्जन घाइते तीन जनाको अवस्था गम्भीर

रुपन्देही । बुटवलबाट गुल्मीको पुर्कोट दहतर्फ जाँदै गरेको मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

__________ विज्ञापन____________

लु १ ज ४७२३ न को फोर्स गाडी अर्घाखाँची सन्धिखर्क नगरपालिका -९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको थियो ।

__________ विज्ञापन____________

सालझण्डी -सन्धिखर्क-ढोरपाटन सडक खण्डमा भएको दुर्घटनामा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र २० जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ती तीनको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् ।

__________ विज्ञापन____________

दुर्घटनामा घाइते हुने यात्रुहरूलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । सन्धिखर्कबाट सञ्चालित लङ्का यातायात प्रा। ली। को गाडीमा प्रहरीका अनुसार गाडीमा २५ जना यात्रु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी