सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन् ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन् ।

__________ विज्ञापन____________

बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेपछि ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका हुन् ।

__________ विज्ञापन____________

बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो । यस्तै हाम्रो पात्रोले पनि बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेको छ ।

__________ विज्ञापन____________

अर्बपति एलन मस्कको ट्वीटर (एक्स) पनि शुक्रबार दर्ता प्रक्रियामा आएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याट पनि सम्पर्कमा आएको छ ।

यसैबीच, नेपालमा अत्यधिक प्रयोगमा रहेको युट्युब अझै सम्पर्कमा आएको छैन । प्रवक्ता ठाकुरले निष्कृय बनाउने प्रक्रिया सुरु भएकाले अब पनि सम्पर्कमा नआउने सबै सामाजिक सञ्जालहरु बन्द हुने बताए ।

स्न्याप च्याट, लिंक्ड इन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, जालो र सोल सम्पर्कमा आएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद