कमल शाही दैलेख, १७ भदौ २०८२। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषणमार्फत ठूलो मात्रामा ग्यासको भण्डारण पुष्टि भएको छ। पहिलो ड्रिलिङबाट ४,०१३ मिटर गहिराइमा करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भेटिएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार, जलजले क्षेत्रमा ४३० अर्ब घनमिटरभन्दा बढी ग्यास हुने देखिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको आवश्यकता पूरा गर्न सक्ने सम्भावना छ।
चिनियाँ टोलीले नमूनाको विस्तृत प्रतिवेदन तयार गर्दैछ, जुन सन् २०२५ डिसेम्बरसम्म आउने अपेक्षा गरिएको छ। प्रतिवेदनपछि व्यावसायिक उत्पादन प्रक्रियामा अगाडि बढ्ने सरकारको तयारी छ।
__________ विज्ञापन____________
भिजिटर संख्या : 119