असार १३ कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ।
शुक्रबार नेपाल उद्योग परिसंघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको कार्यालय समुद्घाटन तथा पदस्थापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
__________ विज्ञापन____________

__________ विज्ञापन____________
उहाँले लगानी मैत्री वातावरण बनाउनका लागि आवश्यक प्रक्रियाहरू छलफल अगाडि बढाएको समेत बताउनुभयो। “सुदूरपश्चिममा थुप्रै सम्भावना रहेका छन,” मुख्यमन्त्री शाहले भन्नुभयो, “त्यसको खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग प्रदेश सरकार सहकार्य गर्न तयार छ।”
भिजिटर संख्या : 170