बिद्यालय स्तरिय फुटबल प्रतियोगिता जारि, क्वाटरफाइनल समिकरण पुरा

राजेन्द्र रावल मंसिर २९,बौनिया

__________ विज्ञापन____________

बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेलमैदानमा जारी कैलाली जिल्ला व्यापि छात्र तथा छात्रा बिद्यालय स्तरिय फुटबल प्रतियोगिता २०८१ काे क्वाटरफाइनल समिकरण पुरा भएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

आज भएका अन्तिम चार प्रि क्वाटरफाइनल खेलहरु पश्चात् क्वाटरफाइनल समिकरण पुरा भएको हाे । छात्रा तर्फ यश अघि नै सेमिफाइनल समिकरण पुरा भै सकेको छ । आज भएका प्रि क्वाटरफाइनल खेलहरुमा माेरल नेप्लिजले कृष्ण माध्यमिक बिद्यालय बाघमारा लाई पराजित गर्दा कर्णाली माध्यमिक बिद्यालय सत्तिले क्याम्ब्रिज वलिया लाई हराउन सफल भएको छ यस्तै अर्को खेलमा उज्यालो शिक्षा सदन लम्किलाइ नाेबेल एकेडेमी बाैनियाले हराउदा रघुनाथ माध्यमिक बिद्यालय घैला बाैनियाले हेबन गार्डेन जाेशिपुर लाई पराजित गरेकाे छ ।

यस्तै प्रतियोगितामा भाेलि क्वाटरफाइनलका चार खेल हरु हुने आयाेजकले बताएको छ । क्वाटरफाइनल खेलमा राष्ट्रिय माध्यमिक बिद्यालय देउकलिया र रघुनाथ माध्यमिक बिद्यालय घैला बाैनिया बिच प्रतिस्पर्धा हुदा अर्को खेलमा बालकन्या माध्यमिक बिद्यालय कट्टिपुर र माेरल नेप्लिज मसुरियाका बिच खेल हुनेछ त्यस्तै अर्को खेलमा खड्ग मेमोरियल (बर्गिस) टिकापुर र नाेबेल एकेडेमी बाैनिया खेल्दा अर्को खेलमा कान्ति राज्यलक्ष्मि माध्यमिक बिद्यालय पहलमानपुर र कर्णाली माध्यमिक बिद्यालय सत्ति बिच प्रतिस्पर्धा हुनेछ ।

पुस २ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्ला भित्रका सामुदायिक र संस्थागत गरि ३२ छात्र र १६ छात्राका टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।

यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी