खानेपानीको सेवाशुल्क वृद्धिविरुद्ध मेयर हर्क साम्पाङको राजीनामा माग्दै धरानमा प्रदर्शन

विराटनगर । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा अचाक्ली मूल्य बढाएको विरोधमा स्थानीयले बोर्डको कार्यालय घेराउ गरेका छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका छन् ।

__________ विज्ञापन____________

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

__________ विज्ञापन____________

धरानमा खानेपानीको समस्या समाधान गर्ने नाराको लमा चुनावमा उत्रिएका साम्पाङले अहिले महसुल र विभिन्न सेवा शुल्कको दर ह्वात्तै बढाएर ढाड सेकेको उपभोक्ताहरूको गुनासो छ । साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन् ।

__________ विज्ञापन____________

मेयर भएपछि साम्पाङले खानेपानी व्यवस्थापन बोर्ड उपमहानगरको मातहतमा ल्याएका थिए ।

यसैबीच शुल्क वृद्धिको निर्णय फिर्ताको मागसहित उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षले मेयरलाई ज्ञापनपत्र बुझाएका छन् ।

साविककै शुल्क र महसुल कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरूले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही ध्यानाकर्षण पत्र लिएर उपमेयर बेघासहित वडा नं १५ का अध्यक्ष नरेश इवारम, १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) र १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले ज्ञापन पत्र बुझाएका छन् ।

नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध्यक्ष भट्टराईले खानेपानीको मूल्यवृद्धि फिर्ता गर्न माग गरेर वडामा आएको ध्यानाकर्षण पत्र मेयरलाई बुझाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु