सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल शाह नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

__________ विज्ञापन____________

आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

__________ विज्ञापन____________

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा आफ्नो पार्टीको ११ सांसदको समर्थन कांग्रेस संसदीय दलका नेता शाहलाई रहेको बताएका थिए ।

__________ विज्ञापन____________

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु