क्रिकेट रंगशालाबारे प्रधानमन्त्रीले राखे बैठक, खेलाडीदेखि कलाकारसम्म सहभागी

काठमाडौं । पद बहालीदेखि नै क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज एउटा बैठक राखेका छन् । बैठकमा उनले क्यानका पदाधिकारीदेखि खेलाडी मात्र नभएर केही कलाकारहरू पनि सहभागी थिए ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै यो भेटघाटबाट आफू उत्साहित भएको बताएका छन् ।यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा सहयोग मिल्ने उनको भनाइ छ ।

__________ विज्ञापन____________

क्यान सचिव पारस खड्का बैठकमा उपस्थिति थिए भने काठमाडौंमा उपलब्ध राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी कलाकारहरूलाई निम्त्याइएको थियो ।

 

स्रोतका अनुसार सामाजिक सञ्जालमार्फत क्रिकेटको प्रचार र नेपाली खेलाडीलाई प्रोत्साहन गर्दै आएका कलाकारहरू प्रधानमन्त्रीको छनोटमा परेका हुन् ।

 

गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेल, पनि बैठकमा सहभागी थिए ।

 

बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरे । रंगशाला मात्र नभएर समग्र क्रिकेटको विषयमा अनौपचारिक कुराकानी भएको थियो । केही कलाकारहरूले खेलाडीहरूको सेवा सुविधा अझै कम भएको भन्दै वृद्धि गर्न सुझाव दिएका थिए ।

क्यान सचिव खड्काले भने रंगशाला निर्माणपछि क्यान आफैँ आर्थिकरुपमा सक्षम हुने भएकाले खेलाडीको सेवा–सुविधामा सरकारको मुख ताकिरहनु नपर्ने बताए ।

 

प्रधानमन्त्री ओलीले हिजो मात्रै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग भेटघाट गरेका थिए । उक्त भेटघाट पनि रंगशालाकै विषयमा केन्द्रित थियो । त्यसो त प्रधानमन्त्री बनेर पदबहाल गरेपछि ओलीको पहिलो निर्णय नै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने थियो ।

 

 

प्रधानमन्त्री ओलीले चितवनमा निर्माण सुरु भएर लामो समयदेखि अलपत्र परिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाप्रति भने कुनै चासो दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ