नेपालमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भारतबाट २ करोड भारतीय रुपैयाँ सहयोग प्राप्त भएको छ।
पूज्य माता अमृतानन्दमयी देवी (अम्मा) ज्यूले आफ्नो जन्मदिन तथा विश्व सेवा दिवसको अवसरमा प्रदान गर्नुभएको उक्त सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा ज्यूलाई हस्तान्तरण गरिएको हो।
__________ विज्ञापन____________
विपत्तिको समयमा भारतबाट प्राप्त यो सहयोगले नेपाल–भारतबीचको मानवीय सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाएको छ। अम्मा ज्यूको मानवीय भावना र सहयोगप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
__________ विज्ञापन____________
यसैबीच, भारतको हरियाणा, फरीदाबादस्थित Amrita Hospital मा उपचारका लागि जान चाहनुहुने नेपालीहरूले उपचारसम्बन्धी आवश्यक जानकारी तथा सहजीकरणका लागि अभिषेक स्वारलाई सम्पर्क गर्न सक्नेछन्।
📞 सम्पर्क: +91 90270 83037
भिजिटर संख्या : 147





