बौनिया । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बौनिया शाखाले कैलाली को जोशीपुर गाउँपालिका ७ का दल बहादुर मौनीलाई घातक रोगअन्तर्गत ४ लाख ८२ हजार ९ सय १६ रुपैयाँ दाबी भुक्तानी गरेको छ।
मौनीले पाँच वर्षअघि ५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। विगत एक वर्षदेखि प्यारालाइसिसका कारण हातखुट्टा नचल्ने समस्या देखिए पछि उपचार खर्चका लागि बीमा दाबी गरिएको थियो। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी दाबी बापतको रकम भुक्तानी गरेको हो।
जोशीपुर गाउँपालिका–७ स्थित धैरेनीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बमबहादुर शाहले मौनीलाई दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा सिटिजन लाइफ बौनिया शाखा प्रमुख खड्गसिंह गड्सिला, एजेन्सी म्यानेजर लक्ष्मीप्रसाद सापकोटा, जगत थापा, तुल्सीदेवी मौनी, गङ्गा मन्त्री, बसन्ती बोहरा, पार्वती भाट लागयत गाउका बुद्धिजीवीको पनि सहभागिता थियो।
कार्यक्रममा वडा अध्यक्ष शाहले नागरिकलाई आफ्नो आर्थिक क्षमता र आवश्यकताअनुसार बीमा गर्न आग्रह गरे। शाखा प्रमुख गड्सिलाले बीमा बचत तथा लगानीसँगै जोखिमका बेला आर्थिक सुरक्षा प्रदान गर्ने माध्यम भएकाले समयमै बीमा गर्नुपर्नेमा जोड दिए।





