दैलेखको पाल्तमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत २५ महिलालाई बाख्रा वितरण

कमल शाही दैलेख, जेठ ११ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ पाल्तमा संघीयतापछि पहिलोपटक सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रमअन्तर्गत २५ जना महिला दिदीबहिनीहरूलाई बिउपूँजी स्वरूप बाख्रा वितरण गरिएको छ।

__________ विज्ञापन____________

महिलाहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत विपन्न तथा आयआर्जनका अवसरबाट वञ्चित महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

__________ विज्ञापन____________

उक्त कार्यक्रमको संयोजक नगरपालिकाकी उपप्रमुख मनसरा कुमारी शर्मा रहेकी छन्। उपप्रमुख शर्माले कार्यक्रममा उपस्थित भई लाभग्राही महिलाहरूलाई बाख्रा वितरण गरेकी हुन्।
कार्यक्रममा सहभागी महिलाहरूले बाख्रापालनमार्फत घरायसी आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

__________ विज्ञापन____________

साथै, यस चरणमा छुट्नुभएका अन्य दिदीबहिनीहरूलाई आगामी चरणमा पुनः कार्यक्रमअन्तर्गत समावेश गरिने जानकारी समेत दिइएको छ।

स्थानीय तहले महिलाहरूको आर्थिक सशक्तीकरण र जीविकोपार्जन सुधारका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

संघर्षबाट सफलताको शिखरसम्म : प्रेरणादायी व्यक्तित्व महेन्द्र प्याकुरेल

पहिले थुने, पछि सुन्ने ? व्यवसायी दीपक भट्टको हिरासतबारे कानुनी बहस चर्किँदै

प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरण अघि बढाउन सांसद पोखरेलको आग्रह

फेल विद्यार्थी पास गराउन दबाब आएको भन्दै शिक्षकको राजीनामा

भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ