रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

धनगढी — युवा व्यवसायी रविन नाथले धनगढीमा “खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी” सञ्चालनमा ल्याएका छन्। विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै स्थापना गरिएको कन्सल्टेन्सीले कोरिया, जापान, बेलायत र अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्ने जनाएको छ।

__________ विज्ञापन____________

कन्सल्टेन्सीका सञ्चालक रविन नाथका अनुसार संस्थाको मुख्य कार्यालय कोरियामा रहेको छ भने नेपालमा धनगढी, चितवन र काठमाडौंमा शाखा सञ्चालनमा रहेका छन्। उनका अनुसार हालसम्म संस्थाले उच्च भिसा सफलता दर कायम गर्न सफल भएको छ र आगामी दिनमा अझ मजबुत तथा प्रभावकारी सेवा विस्तार गर्ने तयारी रहेको छ।

__________ विज्ञापन____________

धनगढी–१, एल.एन. चोकमा रहेको कन्सल्टेन्सीमा IELTS, PTE, JLPT जापानी भाषा तथा EPS-TOPIK कोरियन भाषा तयारी कक्षा सञ्चालन हुनेछन्। साथै, भिसा डकुमेन्टेशन, करियर काउन्सिलिङ, बैंकिङ तथा लोकसेवा तयारी कक्षासमेत उपलब्ध गराइने बताइएको छ।

__________ विज्ञापन____________

लगभग १२ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त कन्सल्टेन्सीले अनुभवी काउन्सिलरमार्फत विद्यार्थीलाई सही मार्गदर्शन गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

धनगढी शाखामा कृष्णा रोकायाको पनि लगानी रहेको बताइएको छ। धनगढी शाखाको सम्पूर्ण जिम्मेवारी कृष्णा रोकायाले सम्हालिरहेका छन्। साथै, लगानीकर्ता रविन नाथ लामो समयदेखि कोरियामा बस्दै आएका र आफैं यही क्षेत्रमा सक्रिय रहेकाले विद्यार्थीलाई व्यवहारिक तथा सहज परामर्श दिन सकिने उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

संघर्षबाट सफलताको शिखरसम्म : प्रेरणादायी व्यक्तित्व महेन्द्र प्याकुरेल

पहिले थुने, पछि सुन्ने ? व्यवसायी दीपक भट्टको हिरासतबारे कानुनी बहस चर्किँदै

प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरण अघि बढाउन सांसद पोखरेलको आग्रह

फेल विद्यार्थी पास गराउन दबाब आएको भन्दै शिक्षकको राजीनामा

भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ

दैलेखमा मिथेन ग्यास उत्खनन अघि बढाउन एमाले दैलेखको दबाब