कैलाली । न्यू नवनिर्मित युवा क्लबद्वारा आयोजित प्रथम न्यू नवनिर्मित खुल्ला ७ ए साइड फुटबल प्रतियोगिता–२०८३ लाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीले खेल सामग्री सहयोग गरेको छ।
एकेडेमीले प्रतियोगिताको सफलताको कामना गर्दै आयोजक क्लबलाई सहयोगस्वरूप दुईवटा फुटबल हस्तान्तरण गरेको हो। उक्त अवसरमा घोडाघोडी नगरपालिकाका संस्थापक नगर प्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिव ममताप्रसाद चौधरीले आयोजक टिमलाई प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीकी कार्यवाहक अध्यक्ष राधिका अधिकारी, पहलमानपुर बजार व्यवस्थापन समितिका अध्यक्ष करण बिष्ट तथा समाजसेवी विशाल खड्काको समेत उपस्थिति रहेको थियो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रोत्साहन तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।
स्थानीय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगितालाई सहयोग गर्दै युवालाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





