कार्तिक २१, २०८३ (शुक्रबार)
कार्तिक २१, २०८३ (शुक्रबार)
शिक्षासँगै संस्कारलाई प्राथमिकता दिँदै आदर्श सामुदायिक विद्या मन्दिर

✎ Mahesh Rawal

प्रकाशित मिति :
कार्तिक २१, २०८३ (२६ मिनेट अगाडि)
अक्षर आकार

बर्दगोरिया, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरले शिक्षासँगै विद्यार्थीहरूमा नैतिक मूल्य, संस्कार र सांस्कृतिक चेतनाको विकासलाई समेत प्राथमिकता दिँदै आएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व शुभ दीपावलीलाई लक्षित गर्दै विद्यालयले विद्यार्थीहरूबीच विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरेको छ। यसैक्रममा विद्यार्थीहरूले आकर्षक रंगोली तयार गर्नुका साथै चाडपर्वको महत्त्व, परम्परा र संस्कारबारे जानकारी आदानप्रदान गरेका छन्।

__________ विज्ञापन____________

विद्यालयले साना बालबालिकालाई समेत चाडपर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे जानकारी गराउँदै आफ्ना अनुभव र विचार व्यक्त गर्ने अवसर प्रदान गरेको थियो। यस्ता गतिविधिले बालबालिकामा आफ्नो संस्कृति, परम्परा र मौलिक पहिचानप्रति सम्मानभाव विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।

विद्यालयका प्रिन्सिपल विकास थापाका अनुसार सानै उमेरदेखि बालबालिकालाई शिक्षासँगै संस्कार र नैतिक मूल्य सिकाउनु आवश्यक छ। उनले भने, “बालबालिकाको जीवनमा शिक्षासँगै संस्कारलाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्छ। हाम्रो विद्यालयले यो वर्ष मात्रै नभई हरेक वर्ष यस्ता सांस्कृतिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ।”

कार्यक्रमअन्तर्गत चारवटा सदनबीच रंगोली प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यालयका चारवटै सदनले सहभागिता जनाएका थिए। प्रतियोगिताको अन्तिम नतिजा केही दिनभित्र सार्वजनिक गरिने विद्यालय प्रशासनले जनाएको छ।

पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक संस्कार, संस्कृति र नैतिक शिक्षालाई जोड दिँदै विद्यालयले सञ्चालन गरेको यस्तो अभ्यासले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

दानबहादुर कार्की अब प्रधानमन्त्री बालेनको प्रमुख सुरक्षा सल्लाहकार

जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसनको उपाधि डीजीलाई : प्रियङ्का, एलिजा उपविजेता

दैलेखमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते

राष्ट्रिय युवा संघ दैलेखको दशौँ जिल्ला अधिवेशन कात्तिक १९ र २० गते, अध्यक्षमा देवेन्द्र शाहीको चर्चा

फुटबल प्रतियोगितालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा दुईवटा बल सहयोग

दसैँमा दैलेखको सुरक्षा नेतृत्वविहीन

नेपाल बटाला सांस्कृतिक उत्थान समाजको अध्यक्षमा धर्मसिंह बटाला निर्विरोध निर्वाचित

बर्दगोरिया ५ मा दशैं मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न

सिटिजन लाइफ बौनिया शाखाद्वारा १५ लाख १५ हजार ३३४ रुपैयाँको मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ बौनियाद्वारा क्यान्सर उपचारमा २ लाख ४३ हजार दाबी भुक्तानी

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

सिटिजन लाइफ बौनिया शाखाद्वारा मौनीलाई ४ लाख ८२ हजार दाबी भुक्तानी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

हप्ताको धेरै पढिएको समाचार