सहारा घरमा खाद्य तथा फलफुल सहयोग गरि मनाए आफ्नो जन्मदिन वडा अध्यक्ष जगत बहादुर शाही

कैलाली ।बर्दगोरिया गाँउपालिका –४ का वडा अध्यक्ष जगत बहादुर शाही ले आफ्नो जन्मदिनको अवसरमा बर्दगोरिया स्थित सहाराघरमा फलफूल तथा खाद्यान्न सामग्री वितरण गरेका छन्।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

वडा अध्यक्ष शाहीले सहाराघरमा बसोबास गरिरहेका व्यक्तिहरूलाई सहयोग स्वरूप विभिन्न खाद्यान्न तथा तरकारी सामग्री प्रदान गरेका हुन्। उनले २० केजी दाल, १ पेटी स्याउ, १ पेटी तेल, ५० केजी बन्दा गोभी, १० केजी फूल गोभी, १० केजी भान्टा, १० केजी लौका, ५ केजी गाजर, ३ क्विन्टल आलु तथा १ ट्राली दाउरा वितरण गरेका छन्।

__________ विज्ञापन____________

जन्मदिनको अवसर पारेर समाजसेवा गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष शाहीले बताएका छन्। सहाराघरका संस्थापक तथा अध्यक्ष बल  बहादुर बिष्टले वडा अध्यक्ष शाहीलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश जाने बताएका छन्।

यस कार्यक्रममार्फत सहाराघरमा बसोबास गर्ने व्यक्तिहरूलाई दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न तथा फलफूल उपलब्ध भएको छ।

त्यसैगरी वडा अध्यक्ष शाहीले सोही अवसरमा नेपाल रेड क्रोस अन्तर्गत टिकापुर रेडक्रस शाखामा पुगेर रक्तदान समेत गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने