पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटी लम्की बहुमुखी क्याम्पसका सभापति उप-प्राध्यापक टंक प्रसाद सापकोटाको अध्यक्षतामा पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटीको ७ औं चुनावी साधारणसभा भेला लम्की बहुमुखी क्याम्पसमा शनिबार सम्पन्न भएको छ।

उक्त भेलामा सभापति सापकोटाले बिगतमा क्याम्पस र प्राध्यापकका हकहितमा भए गरेका गतिविधि र अनुभव प्रतिवेदन मार्फत पेश गर्नुभएको थियो र साथै सम्पूर्ण साधारणसभा सदस्य प्राध्यापकहरूले समेत आ-आफ्ना बिचारहरू प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी उक्त भेलामा सभापति सापकोटाले वर्तमान कमिटी विघटनको घोषणा र नयाँ कमिटी गठन प्रक्रियाका लागि निवर्तमान क्याम्पस प्रमुख अम्मर बहादुर रावलको संयोजकत्वमा पब्लिक क्याम्पस कर्मचारी संघ इकाई कमिटीका सभापति धनन्जय न्यौपाने र आंशिक प्राध्यापक अणराज आचार्य सहितको ३ सदस्यीय निर्वाचन मण्डलकाे गठन गरिएको थियो।
निर्वाचन मण्डलको निर्वाचन प्रक्रिया मार्फत सभापति -१ जना, सचिब- १ जना र सदस्य-५ जना सहितको ७ सदस्यीय पदहरूका लागि दर्खास्त आव्हान भए अनुसार देहायका प्राध्यापकहरूको एकल मनोनयन परेकाले तपशिलको पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटी सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक अम्मर बहादुर रावलले जानकारी गर्नु भएको छ।
जसमा सभापति: सरोज कुमार शाह , सचिव: यमलाल पाण्डे , सदस्य गणेश प्रसाद न्यौपाने , सदस्य जनक उपाध्याय , सदस्य जनक बहादुर विष्ट , सदस्य भिम सिंह भाट , सदस्य शुष्मा सोनार निर्विरोध निर्वाचित हुनु भएको छ ।