बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् । ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहरको शिकार बनेर उनले झापा ७ बाट पराजय व्यहोर्नु परेको थियो ।

__________ विज्ञापन____________

 

२०७९ सालको चुनावमा ओलीले देशभरमै सर्वाधिक मत पाएर जितेका थिए । यसपटक भने ठीक उल्टो भएको छ । प्रतिस्पर्धी रास्वपाका उम्मेदवार बालेनले देशभरमै सर्वाधिक मत ल्याएर ओलीलाई हराएका छन् ।

 

झापामा १ लाख ६ हजार ३७२ मत खसेकोमा बालेन्द्र साहलाई ६८ हजार ३४८ र ओलीलाई १८ हजार ७३४ मतमा रोकिए ।

 

उनीहरुबीच ४९ हजार ६ सय १४ मतको अन्तर छ । बालेनले ल्याएको मत अहिलेसम्मको सर्वाधिक हो भने मतान्तर दोस्रो धेरै हो । यसअघि रुपन्देही ३ बाट लेखजंग थापाले ५० हजार मतान्तरले जितेका थिए । यस क्षेत्रमा अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने