दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

कमल शाही दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेखका दुई वटै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ४४.५४ प्रतिशत मत खसेको हो ।

__________ विज्ञापन____________

दैलेख जिल्लामा७१ हजार८सय१३ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले दैलेख निर्वाचन क्षेत्र नं १ मा ३७ हजार ७सय५६ मत खसेको बताउनुभयो ।

__________ विज्ञापन____________

उक्त क्षेत्रमा २०हजार ८सय१५ पुरुष र १६ हजार ९सय४१ महिला मतदाताले मतदान गरेका निर्वाचन अधिकारी नरबहादुर सलामीले जानकारी दिनुभयो ।

__________ विज्ञापन____________

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा३४ हजार ५७ मत खसेको छ । जसमा १८ हजार ६सय६९ पुरुष र १५ हजार ३सय८८ महिला मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।दैलेख जिल्ला निर्वाचन कार्यालय दैलेखको पछिल्लो अपडेट अनुसार स्थायी र अस्थायी मतदाता गरी कुल दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला जना मतदाता रहेका छन् ।

बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साँझ ५ बजेसम्म जिल्लाका २ सय १० वटा मतदान स्थलवाट मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने