कमल शाही। दैलेख जिल्ला निर्वाचन कार्यालयले क्षेत्र नं. २ का १०४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि दुल्लूमा आज १ दिने आधारभूत तालिम गरेको छ ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लाेकहरी कँडेल, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, डीएसपी गणेशबहादुर बराल, सशस्त्र डीएसपी मातृका पाैडेल लगायतले तालिमको सहजीकरण गर्नुभएको थियाेे ।
मतदान स्थलकाे सुरक्षा, स्थानीय स्तरमा समन्वय, व्यवस्थापकीय तयारी लगायतका विषयमा तालिम दिइएको थियाे । त्यसबखत नमूना मतदान अभ्यास समेत गराइएको निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो ।
__________ विज्ञापन____________
भिजिटर संख्या : 120