जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

कैलाली, बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डामा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालयले सोमबार ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्ने र सोहीअनुसार अध्यापन गराउनुपर्नेमा जोड दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले गाउँपालिकामा कक्षा १० सम्म निःशुल्क शिक्षा लागू भइसकेको र आगामी आर्थिक वर्षभित्र कक्षा १२ सम्म निःशुल्क शिक्षा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। बर्दगोरिया–३ मा कक्षा १२ सम्मको विद्यालय नभएकाले यस विद्यालयलाई पालिका तथा वडाको सहयोगमा कक्षा १२ सञ्चालनको अनुमति दिइएको उहाँले बताउनुभयो।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वार्षिक उत्सव विद्यालयका उपलब्धि, प्रतिभा र प्रयासलाई उजागर गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि तथा वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले विद्यालयलाई संरक्षण र प्रवर्द्धन गर्न वडा सदैव तयार रहेको बताउँदै कक्षा १२ सञ्चालनका लागि वडाबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्र खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराउन जोड दिएको बताउनुभयो।

वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालय विकासमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षक तथा व्यक्तिहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा वडा अध्यक्ष मनऋषि आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द बुढाक्षेत्री, शिक्षक भूपेन्द्र रास्कोटी, गुड्डी देवी सुनार, लक्ष्मी कुमारी बिनाडी, विष्णु दत्त पन्त तथा पूर्व विद्यार्थी हाल नेपाल सेनामा कार्यरत बिद्यार्थी नारायण खत्री रहेका छन्।

यसै अवसरमा लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको अक्षय कोषबाट २० जना विद्यार्थीलाई प्रति विद्यार्थी तीन हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो भने अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम प्रधानाध्यापक नेत्र खड्काको स्वागत मन्तव्यबाट सुरु भई शिक्षक भूपेन्द्र रास्कोटी तथा विद्यार्थी रेखा थापाले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द