बर्दगोरिया ६ मा यस बर्ष माघी मेला लाग्ने।

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सञ्चालन हुने भएको छ ।

__________ विज्ञापन____________

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, कृषि हस्तकला ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन भन्ने मूल नारा सहित संस्कृति प्रवर्द्धन तथा दोश्रो माघी मेला २०८१ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

__________ विज्ञापन____________

यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६  सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा गत वर्ष देखि मेला  सञ्चालन हुँदै आएको छ ।

__________ विज्ञापन____________

यस वर्षको माघी मेला माघ १ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने  आयोजक संस्कृति प्रवर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर डगौराले बताउनु भयो ।

मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १५ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखको पाल्तमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत २५ महिलालाई बाख्रा वितरण

रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

संघर्षबाट सफलताको शिखरसम्म : प्रेरणादायी व्यक्तित्व महेन्द्र प्याकुरेल

पहिले थुने, पछि सुन्ने ? व्यवसायी दीपक भट्टको हिरासतबारे कानुनी बहस चर्किँदै

प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरण अघि बढाउन सांसद पोखरेलको आग्रह

फेल विद्यार्थी पास गराउन दबाब आएको भन्दै शिक्षकको राजीनामा