बर्दगोरिया ६ मा यस बर्ष माघी मेला लाग्ने।

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सञ्चालन हुने भएको छ ।

__________ विज्ञापन____________

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, कृषि हस्तकला ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन भन्ने मूल नारा सहित संस्कृति प्रवर्द्धन तथा दोश्रो माघी मेला २०८१ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

__________ विज्ञापन____________

यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६  सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा गत वर्ष देखि मेला  सञ्चालन हुँदै आएको छ ।

__________ विज्ञापन____________

यस वर्षको माघी मेला माघ १ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने  आयोजक संस्कृति प्रवर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर डगौराले बताउनु भयो ।

मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १५ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक