वफादार संवाददाता २०८२ वैशाख ३० मङ्गलबार धनगढी। डोटीको दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा एक १० वर्षीय बालक बगेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार रमेश बि.क.का छोरा अमित बिक मंगलबार दिउँसो करिब १:४० बजे झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
घटनापछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको नेतृत्वमा सातजनाको टोली खटिएको र बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
भिजिटर संख्या : 81