झापा । हावाहुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको ज्यान गएको छ ।
हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको घर भत्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
गएरातिको हुरीले टिनको छाना भएको घर भत्किँदा बिमले थिचेर उहाँको ज्यान गएको प्रहरीको भनाइ छ
भिजिटर संख्या : 83