सहमतिको आधारमा नयाँ नेतृत्वः बीच भुरुवा विद्युत सहकारीको कार्यसमिति पदस्थापन सम्पन्न
विज्ञापन
No data was found

लम्की/जेठ २: बीच भुरुवा ग्रामिण विद्युत सहकारी सँस्था लि.को नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई सपथ ग्रहण तथा पदस्थापना गरिएको छ । लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी सँस्थाको सभा हलमा शनिवार कार्य समितिका पदाधिकारी तथा लेखा समितिका पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण सहित पदास्थापना गरिएको छ ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

निर्वाचन समितिका संयोजक लोकराज खनालले १८ औँ साधारण सभाबाट निर्विरोधरूपमा नौ सदस्यीय कार्य समिति र तीन सदस्यीय कार्य समितिलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए । त्यस्तै सँस्थाका निर्वतमान अध्यक्ष लक्ष्मण रेग्मीले नवनिर्वाचित अध्यक्ष बुद्धिमान जैसी(वसन्त)लाई पदस्थापना गराएका थिए ।

__________ विज्ञापन____________

सँस्थाको १८ औँ साधारण सभाबाट अध्यक्षमा बसन्त जैसी निर्वाचित भएकोमा उपाध्यक्षमा देउशर्मा जैसी, सचिवमा बिना भट्टराई र कोषाध्यक्षमा प्रेम बहादुर आले मगर छन् । त्यस्तै सदस्यहरूमा जमान सि रावल, डिल्ली प्रसाद जैसी, राजेश विष्ट, राधिका देवी भण्डारी र योगेश न्यौपाने छन् ।

तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा ललित कुमार न्यौपाने छन् भने सदस्यमा भागीराम चौधरी र सर्प सिंह विश्वकर्मा छन् ।

सपथ ग्रहण पदास्थापना आफ्नो भनाई राख्दै लम्कीचुहा नगरपालिका वडा नं. १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नेप प्रसाद खनालले तमाम अवरोध र वाधाका बीचमा सँस्थाको नयाँ कार्यसमिति विना निर्वाचन सहमतिको आधारमा चयन गर्न आफूहरू सफल भएको बताए ।

  1. शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा आफ्नो भनाइ राख्दै लम्कीचुहा नगरपालिका वडा नं. १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नेत्र प्रसाद खनालले तमाम अवरोध र बाधाका बीचमा संस्थाको नयाँ कार्य समिति विना निर्वाचन सहमतिका आधारमा चयन गर्न सफल भएको बताए।
    ‘भरुवालाई हेर्ने दृष्टिकोण हिजोका दिनमा ठीक थिएन। समाजलाई विखण्डन गर्ने तत्वहरू सक्रिय थिए। पछि मेरो नेतृत्वमा नै समाजलाई एकवद्ध गर्दै अगाडि बढ्यौं,’ अध्यक्ष खनालले भने, ‘बीच भुरुवा ग्रामीण विद्युत सहकारीको विषयमा पनि त्यस्तै हुन थालिसकेको थियो। विभिन्न अवरोध र बाधाहरू आएका थिए, तर हामी सौहार्दपूर्ण वातावरणमा विना निर्वाचन नयाँ कार्य समिति चयन गर्न सफल भएका छौं।’

त्यस्तै निर्वतमान अध्यक्ष लक्ष्मण रेग्मीले निर्वाचन गर्दा एकतिर सँस्थाको व्यायभार बढ्ने र अर्कोतर्फ १ हजार २६ उपभोक्तालाई दुःख हुने भएको कुरालाई महसुस गर्दै हामीले निर्वाचन नगर्ने र सहमतिको आधारमा नयाँ कार्य समितिको चयन गर्दै नयाँ सन्देश दिने योजना सफल भएको बताए ।

‘निर्वाचन गर्नुपर्छ भन्दै म कहाँ धेरै प्रस्तावहरू आएका थिए। तर, मलाई लाग्यो निर्वाचन गर्दा संस्थाको खर्च बढ्ने र उपभोक्तालाई असर पर्नेछ,’ रेग्मीले भने, ‘त्यही कारण म निर्वाचन नगर्ने पक्षमा थिएँ। मैले एउटा खाका तयार पारेँ र सम्बन्धित सबैले त्यसलाई स्वीकार गर्नुभयो। सहमतिका आधारमा कार्य समिति चयन गर्दै समाजमा नयाँ सन्देश दिन सक्यौं।’
नवनिर्वाचित अध्यक्ष वसन्त जैसीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, ‘आफ्नो कार्यकालमा उपभोक्ताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छु । उपभोक्ताको पैसाबाट संस्था उपभोक्ताकै हितमा काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।’

उनले थपे, ‘मुख्य रूपमा संस्थालाई उत्पादनसँग जोड्दै समुदायलाई समृद्ध बनाउने काम गर्नेछौं । बचत र ऋणको मात्र कारोबार गर्नु भन्दा पनि उपभोक्ताका समूहमा लगानी गर्दै उत्पादनसँग जोड्नेछौं।’
त्यस्तै अध्यक्ष जैसीले पहिलो बैठकबाट विज्ञहरूको सुझावको आधारमा विद्युत महसुलको दर घटाउने पनि बताए ।

कार्यक्रममा वडा सदस्य शिद्धराज तिमिल्सेना, किसान बहुउद्देश्यीय सहकारी सँस्थाका महा प्रबन्धक डम्बर शाह, डिल्ली प्रसाद गड्तौला, गीता गड्तौला थापा, चक्र खनाल, कमल खनाल, पूर्ण जैसी, चन्द्र बि.क., टेक राज कठायत र देविराम जैसीले आफ्नो भनाई राखेका थिए ।
अधिकांश वक्ताले नयाँ कार्य समितिलाई बधाई व्यक्त गर्दै उपभोक्ताको हितमा काम गर्नुपर्ने बताएका थिए । त्यस्तै वक्ताले सहमतिको आधारमा नयाँ कार्य समितिको चयन हुनुले लम्कीचुहामा एक किसिमको नयाँ सन्देश प्रवाह गरेको धारणा राखेका थिए ।

यो कार्य समितिको अवधि चार वर्षको हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीका कारण : राष्ट्रियक कलेज सुखडका पूर्व प्रमुख कर्ण भण्डारीको निधन

ठाटीकाँधमा बेथितिः ११ पालिकामध्ये सबैभन्दा उत्कृष्ट

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो ।

हावाहुरीले घर भत्कँदा भापामा एक जनाको ज्यान गयो

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो

लम्कीचुहाको नीति तथा कार्यक्रम : कृषि रोजगारीदेखि समृद्ध पालिकासम