काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो
विज्ञापन
No data was found
काठमाण्डौ – काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ ।बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट शुरू भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको छ ।
आगलागीमा परेर एक जनाको ज्यान गएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो ।  मृतकको परिचय खुल्न बाँकी छ ।
६ वटा दमकलको सहयोगमा प्रहरी, सेना,स्थानीयलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सहमतिको आधारमा नयाँ नेतृत्वः बीच भुरुवा विद्युत सहकारीको कार्यसमिति पदस्थापन सम्पन्न

हावाहुरीका कारण : राष्ट्रियक कलेज सुखडका पूर्व प्रमुख कर्ण भण्डारीको निधन

ठाटीकाँधमा बेथितिः ११ पालिकामध्ये सबैभन्दा उत्कृष्ट

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो ।

हावाहुरीले घर भत्कँदा भापामा एक जनाको ज्यान गयो

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

लम्कीचुहाको नीति तथा कार्यक्रम : कृषि रोजगारीदेखि समृद्ध पालिकासम