कैलाली को बर्दगोरिया गाउपालिका वडा नम्बर ५ मा रहेका ११ जना महिला स्वयंसेविका ले शुक्रबार एक एक थान झोला, रजिस्टर, पेन र स्केल प्राप्त गरेका छन्।
कोइली भरुवा आधारभूत स्वास्थ्य केन्द्र को समन्वय, गुड सेवन इन्टरनेसनलको आर्थिक तथा प्राबिधिक सहयोग र सेवक नेपाल द्धारा संचालित महिला स्वास्थ्य स्वयम सेबिका परिचालन कार्यक्रम अर्न्तगत आमा समुह को नियमित बैठक तथा अन्य क्रियाकलापका लागि प्राप्त गरेका छन्।
बर्दगोरिया गाउपालिका वडा नम्बर ५ वडा अध्यक्ष भोलेराम चौधरी बोल्दै हामीले सेवक नेपाल संग बार्षिक सम्झौता गरेका छौ। यो सेवा प्रदान गर्नु भएको मा सेवक नेपाल लाई धेरै धेरै धन्यवाद यो संगै हाम्रो यस वडा भित्र थुप्रै सुत्केरी महिला तथा सुत्केरी महिला का परिवार लाई हाम्रो पालिका को एम्बुलेन्स को नम्बर थाहा छैन जस्तो लागेको छ। स्वयंसेविका हरुले सम्पूर्ण घर मा गएर सुत्केरी महिला का लागि निशुल्क एम्बुलेन्स सेवा छ भनेर जानकारी गराउनु होला।
बर्दगोरिया गाउपालिका वडा नम्बर ५ वडा अध्यक्ष भोलेराम चौधरी को अध्यक्षता मा भएको कार्यक्रम को संचालक कोइली भरुवा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख देब कुमार चौधरी ले गर्नु भएको थियो।