जिल्लाभरका न्यायिक समितिका संयोजक लम्कीचुहामा भेला
विज्ञापन
No data was found

लम्की/बैशाख २६: कैलालीको लम्कीचुहा नगरपालिकामा शुक्रबार न्यायिक समितिका संयोजकहरूले अनुभव आदान प्रदान गरेका छन् । जिल्लाका १३ वटै स्थानीय तहका उपप्रमुख तथा न्यायिक समिति संयोजकहरू लम्कीचुहामा भेला भएर न्याय सम्पादनको क्रममा बटुलेका असल अभ्यासहरू एक–अर्कासँग साझा गरेका हुन् ।

__________ विज्ञापन____________

लम्कीचुहा नगरपालिकाद्वारा आयोजित उपमेयरसँग असल अभ्यास आदानप्रदान कार्यक्रममा सहभागी संयोजकहरूले सबैभन्दा बढी साँधसिमाना र लेनदेनसम्बन्धी विवाद आउने गरेको अनुभव सुनाए ।
घोडाघोडी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक गुलिया चौधरीले भनिन्, ‘न्यायिक समितिमा आउने विवादका किसिमहरू प्रायः एउटै खालका हुन्छन् । साँधसिमाना र लेनदेनका विवादहरू नै बढी आउने गरेका छन् । यस्ता विषयमा हामी ‘जित–जित’ सिद्धान्तअनुसार समाधान गर्दै आएका छौँ।’
कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले विवादलाई अदालतसम्म लैजानु नपर्ने वातावरण बनाउनु पर्ने धारणा राखिन् ।
‘न्यायिक समितिमा आएका मुद्दाहरू त्यहीँ समाधान हुनुपर्छ । अदालतमा जानु सर्वसाधारणका लागि समय र स्रोतका हिसाबले झन्झटिलो हुन्छ,’ नगर प्रमुख शाहीले भनिन्, ‘त्यसैले समिति स्तरमै निष्पक्ष र प्रभावकारी न्याय दिन सक्ने प्रणाली विकास गर्नुपर्छ ।’
कार्यक्रमकी सभाध्यक्ष तथा लम्कीचुहाकी उपप्रमुख जुना चौधरीले कानुनले दिएको अधिकार अनुसार न्यायिक समितिले जिम्मेवारी पूरा गरिरहेको बताइन् ।
‘कानुनले उपप्रमुखलाई धेरै जिम्मेवारी दिएको छ । हामीले ती जिम्मेवारीलाई सही तरिकाले पालना गर्दै आएका छौँ,’ उनले भनिन्, ‘लम्कीचुहाको न्यायिक समितिले कानुनी अधिकारको सदुपयोग गर्दै प्रभावकारी काम गरिरहेको छ।’

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सहमतिको आधारमा नयाँ नेतृत्वः बीच भुरुवा विद्युत सहकारीको कार्यसमिति पदस्थापन सम्पन्न

हावाहुरीका कारण : राष्ट्रियक कलेज सुखडका पूर्व प्रमुख कर्ण भण्डारीको निधन

ठाटीकाँधमा बेथितिः ११ पालिकामध्ये सबैभन्दा उत्कृष्ट

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो ।

हावाहुरीले घर भत्कँदा भापामा एक जनाको ज्यान गयो

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो