दैलेखको दुल्लूमा चितुवा मृत फेला
विज्ञापन
No data was found

कमल शाही २०८२ वैशाख १९ शुक्रबार, दैलेख –  पहाडी बाघकाे नामले चिनिएकाे एक बयस्क चितुवा दुल्लूमा  मृत फेला परेको छ । दुल्लू नगरपालिका–३ देउटाकुरा भन्ने बस्तीमा हिजो साँझ उक्त चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिनुभयो । मरेको कुखुरा समेत त्यहाँ फेला परेकोले कसैले बिष हालेर चितुवाको मृत्यू भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । बिष लागेर रन्थिएकाे चितुवा देउटाकुरा बस्ती नजिकै लिप्ने माटाे खन्ने गरिएकाे दुलाेमा पसेर मरेकाे अवस्थामा फेला पारिएकाे थियाे ।

__________ विज्ञापन____________

वाहिर निकालेर नियाल्दा कान र मुखबाट रगत बसेकाे देखिएकाे इलाका वन कायालय दुल्लूका प्रमुख नारायण रिजालले बताउनुभयाे । खाने कुरा मिसाइएकाे बिषले रन्थनिएर माटाे खनिएकाे दुलाेमा पसेकाे बेला चितुवाकाे त्यही मृत्यू भएकाे उहाँकाे व्याख्या छ । मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको छ । घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताउनुभयो । यो क्षेत्रमा चितुवालाई पासो थाप्ने, बिष हाल्ने क्रम बढ्दै गरेकोप्रति वन्य जन्तु संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सहमतिको आधारमा नयाँ नेतृत्वः बीच भुरुवा विद्युत सहकारीको कार्यसमिति पदस्थापन सम्पन्न

हावाहुरीका कारण : राष्ट्रियक कलेज सुखडका पूर्व प्रमुख कर्ण भण्डारीको निधन

ठाटीकाँधमा बेथितिः ११ पालिकामध्ये सबैभन्दा उत्कृष्ट

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो ।

हावाहुरीले घर भत्कँदा भापामा एक जनाको ज्यान गयो

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो