जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

जोशीपुर बजार व्यवस्थापन समितिको आयोजनामा जोशीपुरका व्यापारीहरूलाई नेपाल सरकारको वर्तमान कर नीतिबारे अन्तरक्रियात्मक परामर्श तथा कर शिक्षा प्रदान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजस्व कार्यालय, धनगढीको सहकार्यमा आयोजित कार्यक्रममा व्यवसायीहरूले कर तिर्ने क्रममा भोग्दै आएका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमको सभाध्यक्षता […]
बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

खेमराज पाण्डेय, टीकापुर, कैलाली । बालबालिका केन्द्रित कार्यक्रमका लागि स्थानीय तहमा आवश्यक बजेट सुनिश्चित गर्न पैरवी तथा प्रभाव विस्तार गर्ने उद्देश्यले टीकापुरमा कार्यक्रम सम्पन्न भएको छ। बाल कल्याण संघ टीकापुरको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा बालबालिकासँग सम्बन्धित सवाललाई स्थानीय तहको नीति, योजना तथा बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिइएको थियो। […]
रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

लम्की, कैलाली । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कैलालीको लम्कीचुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ७ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थाका सञ्चालक, कर्मचारी तथा संस्थाको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरिएको संस्थाका […]
रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

बर्दगोरिया । कैलालीको बौनियाका युवा व्यवसायी तथा समाजसेवी झनक बहादुर कुँवरले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५० हजार ५ रुपैयाँ सहयोग गरेका छन्। कुँवरले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोबाइल बैंकिङमार्फत जम्मा गरेका हुन्। उनले विपद् तथा सामाजिक कार्यमा विगतदेखि नै सहयोग गर्दै आएका छन्। कैलालीको बौनियामा खापर […]
रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग
धनगढी । धनगढीस्थित नवजीवन अस्पताल प्रालिले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ। अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग रकम प्रदान गरिएको हो। उक्त […]