खुल्ला फुटबल प्रतियाेगाता आज सम्पन्न हुने

माघ १७, बाैनिया :सहयोगी बेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका ५ बेलुवाकाे आयाेजनमा जारी खुल्ला फुटबल प्रतियोगितामा २०८१ काे समापन आज हुने भएको छ ।

__________ विज्ञापन____________

आयाेजकले दिएकाे जानकारी अनुसार बिहान दुई सेमिफाइनल खेल सञ्चालन हुने र दिउँसो हुने फाइनल खेल संगै प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगिताको समापन बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)ले गर्ने कार्यक्रम रहेको आयाेजक क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन् ।

__________ विज्ञापन____________

आज बिहान हुने पहिलो सेमिफाइनल खेलमा ड्रिमर्स एफ.सि लम्कि र बछुरिया युवा क्लब बछुरिया प्रतिस्पर्धा गर्दा दाेस्राे सेमिफाइनल खेलमा घाेडाघाेडि ८ चाैरठ्ठि र जे.वाइ.सि(जरहि) फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । हिजो भएको क्वाटरफाइनल खेलहरुमा ड्रिमर्स एफ.सि लम्किले आयाेजक (ए) लाई छ शुन्यकाे गाेल अन्तरले हराउदा बछुरियाले रितिका कम्प्युटर्स काेटागढिलाई टाइब्रेकरमा पाँच चारकाे गाेल अन्तरले हराउन सफल भएको थियो । प्रतियोगितामा हिजाे नै सञ्चालन भएका अन्य क्वाटरफाइनल खेलहरुमा घाेडाघाेडि ८ चाैरठ्ठिले नमस्ते युथ क्लब लम्किलाइ टाइब्रेकरमा चार दुईकाे गाेल अन्तरले हराउदा अर्को क्वाटरफाइनलमा जरहिले भजनिलाइ टाइब्रेकरमा छ पाँचकाे गाेल अन्तरले हराएको थियो ।

__________ विज्ञापन____________

नकआउट प्रकृतिमा सञ्चालन भैरहेको प्रतियोगिताकाे बिजेताले पुरस्कार स्वरुप १०,१११ प्राप्त गर्दा दाेस्राे हुने टिमले ५,५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा कैलाली जिल्ला भित्रका बर्दगाेरिया गाउपालिका,जाेशिपुर गाउपालिका, घाेडाघाेडि नगरपालिका , लम्किचुहा नगरपालिका र भजनि नगरपालिकाका गरेर १८ टाेलिकाे सहभागिता रहेको थियो । प्रतियोगिता बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ स्थित प्रस्तावित काेटागढि खेल मैदानमा सञ्चालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न