खुल्ला फुटबल प्रतियाेगाता आज सम्पन्न हुने
विज्ञापन
No data was found

माघ १७, बाैनिया :सहयोगी बेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका ५ बेलुवाकाे आयाेजनमा जारी खुल्ला फुटबल प्रतियोगितामा २०८१ काे समापन आज हुने भएको छ ।

__________ विज्ञापन____________

आयाेजकले दिएकाे जानकारी अनुसार बिहान दुई सेमिफाइनल खेल सञ्चालन हुने र दिउँसो हुने फाइनल खेल संगै प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगिताको समापन बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)ले गर्ने कार्यक्रम रहेको आयाेजक क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन् ।

आज बिहान हुने पहिलो सेमिफाइनल खेलमा ड्रिमर्स एफ.सि लम्कि र बछुरिया युवा क्लब बछुरिया प्रतिस्पर्धा गर्दा दाेस्राे सेमिफाइनल खेलमा घाेडाघाेडि ८ चाैरठ्ठि र जे.वाइ.सि(जरहि) फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । हिजो भएको क्वाटरफाइनल खेलहरुमा ड्रिमर्स एफ.सि लम्किले आयाेजक (ए) लाई छ शुन्यकाे गाेल अन्तरले हराउदा बछुरियाले रितिका कम्प्युटर्स काेटागढिलाई टाइब्रेकरमा पाँच चारकाे गाेल अन्तरले हराउन सफल भएको थियो । प्रतियोगितामा हिजाे नै सञ्चालन भएका अन्य क्वाटरफाइनल खेलहरुमा घाेडाघाेडि ८ चाैरठ्ठिले नमस्ते युथ क्लब लम्किलाइ टाइब्रेकरमा चार दुईकाे गाेल अन्तरले हराउदा अर्को क्वाटरफाइनलमा जरहिले भजनिलाइ टाइब्रेकरमा छ पाँचकाे गाेल अन्तरले हराएको थियो ।

__________ विज्ञापन____________

नकआउट प्रकृतिमा सञ्चालन भैरहेको प्रतियोगिताकाे बिजेताले पुरस्कार स्वरुप १०,१११ प्राप्त गर्दा दाेस्राे हुने टिमले ५,५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा कैलाली जिल्ला भित्रका बर्दगाेरिया गाउपालिका,जाेशिपुर गाउपालिका, घाेडाघाेडि नगरपालिका , लम्किचुहा नगरपालिका र भजनि नगरपालिकाका गरेर १८ टाेलिकाे सहभागिता रहेको थियो । प्रतियोगिता बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ स्थित प्रस्तावित काेटागढि खेल मैदानमा सञ्चालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया ४ मा रमजान मुबारक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तिय संस्था ली. ले आज वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न

एभरेष्ट बैंक द्धारा नोबेल मा. वि मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

(एसइई)को सम्पूर्ण तयारी पूरा चैत्र ७ गते बिहान ८ बजे बाट सुरु हुने….

नेकपा एमालेले वडा केन्द्रिय अभियान आज बर्दगोरिया ४ मा सम्पन्न

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राप्रपले बुझायो महानगर लाई १ लाख जरिवाना