कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाको समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड समुह नं १३ की समुह अध्यक्ष भावना चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष गोविन्द विक प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरिया अनुगमन कार्यालय अधिकृत अमरेश कुमार कुशवाहा, आन्तरिक लेखा परीक्षक मन बहादुर चौधरी, रहनु भएको थियो।
कार्यक्रम अथितिहरुमा बर्दगोरिया पशु सेवा कार्यालयका अधिकृत जय प्रसाद कोइराला, जगत तारा इंग्लिश बोडिङ्ग स्कुलका संस्थापक एकेन्द्र मल्ल, सहारा घरका सञ्चालक बल बहादुर विष्ट, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज सिंह स्वार र ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक वीर बहादुर थापालगायतका अतिथिहरु रहनु भएको थियो।
संस्थाका शाखा कार्यालय बौनियाका प्रमुख भक्त नारायण चौधरीको स्वागत मन्तब्य सँगै सुरुभएको कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी सुलोचना जैशीले गर्नु भएको थियो। भने कार्यक्रममा विभिन्न समुहबाट १ सय ७६ जना अध्यक्षहरुको सहभागिता रहेको थियो। हाल सम्म यस शाखामा २ हजार १ सय ३५ जना समुह सदस्य रहेका छन् ।
२०७२ सालमा स्थापना भएको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा कार्यक्रमहरु विस्तार गरेको छ। हालसम्म कर्जा लगानी ७७ करोड ७२ लाख लगानी गरिएको छ भने ५८ करोड १७ लाख असुली फिर्ता भई १९ करोड ५५ लाख लगानीमा रहेको आन्तरिक लेखा परीक्षक मन बहादुर चौधरीले बताए। संस्थामा ३ करोड ८ लाख बचत जम्मा रहेको छ। बौनिया कार्यालयमा हालसम्म चार जना कर्मचारीहरू कार्यरत रहेका छन्।